Monday, March 11, 2024

भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू 
लाखाैलाख चोटी 
दाैडिरहेका छन् ।

कोही  बाआमा भेट्न
कोही प्रेमिका 
कोही गन्तब्य त
कोही घाट ।

बिहान सुर्यको लालीले,
सगरमाथाको चुचुरोलाइ
चुप्पा गर्न नपाउदै
मान्छेहरू
टुसाउन लागेको प्रगतीहरूलाइ
चुप्पा गर्नको लागी
दाैडिरहेछन् ।

न तिमीलाइ थाहा छ
न मलाइ 
न घामलाइ
न त जुनलाइ 
न दिनलाइ
न रातलाइ ।

तर
हजाराै मान्छेका
लाखाैलाख सपनाहरूलाइ
जानी नजानी 
गाइले घाँस चपाउदाझै
चपाइरहेको कोही मान्छे ।

उसलाइ 
न तिम्रो मतलब छ
न मेरो ,
न घामको 
त न जुनको ,
न दिनको
त न रातको।

न कसैसंग प्रतिस्पर्धा छ
न त कसैसंग पुरस्कारको आश,
न धनको लोभ छ 
न त मायाँको लालच ,
न पिरको ।

यहि भिडको
एउटा कुनामा
म पनि दाैडिरहेको थिए,
थोरै इच्छा
अनि थाेरै चाहना बोकेर ।

दाैडिदै थिएँ
मैले खोजेको
प्रगतिको बाटोतर्फ ।

सुइकुच्चा ठाेक्दै गर्दा
त्यसैबेला
बिच बाटोमा
कसैले बोलायो मलाइ ।

एक अन्दाजी
नब्बे बर्षको
कपाल फुलेर सेतै भएको
अनुहार चाउरी परेर
खुजमुजिएको 
मान्छे । 

भन्यो 
समयलाइ भेट्याउन
हिडेको म
आज
उनानब्बे बर्षसम्म
सङ्घर्ष गर्दा पनि
 भेट्न सकिनछु,

उसले सोध्यो

बाबु,

तिमी कति बर्षको भयाै ?  


पैतालापनि नअटाउने भए बाटाहरू , साघुरिदै गए मनहरू


शुक्रबारको मिलेको कुरा शनिबार मिल्दैन
आजकल छोराको बाउसंग बिचार मिल्दैन ।

जमाना फेरिएछ , मुढाको आगो ताप्न छोडे  जवानहरूले , बुढाबुढीको अर्थी सुन्न छोडे युवाहरूले ।खाली खुट्टाले मेची महाकाली हिडेर पुरा नेपाल भोगेका बाआमाको कुरा सुन्न छोडे छोराछोरीले । लाग्छ घरबाट नै संसार सबै देखिसके उनिहरूले ।

 कहानी दुइ पुस्ता बिचको । पहिलो पुस्ता जो अन्दाजी चार बिस टेकेका आफ्नो दुइछाक खाने कुरा नभएरै निबेकमा दिनभरी अर्कैकोमा कुल्ली भएर जान मन भएपनि परिस्थितीले स्कुल जान नपाएका बा पुस्ता अर्थात रामे दाइ । दोश्रो बाउआमाले कर गरिगरी बल्ल बल्ल बिद्धालय जान कर लागेर बाउआमाका लागी गइदिएको छोरो पुस्ता अर्थात रामेदाइको छोरो, बर्ष १८ को प्रताप।दिनभरिको कुल्ली काम गरेको थकानले सुख दिदैन रामेदाइलाइ । घर फर्किदा सधै रमिता गरिरहेको हुन्छ छोराले । बाउको दुखको भारी जिम्बेबारी  बोक्ने बेलामा चाैविस घन्टा सिरकभित्र बसेर मोवाइल थिच्ने प्रतापले रामेदाइको कुरा सुन्दैन ,मान्दैन । लाग्छ घरबाट नै संसार सबै देखिसक्यो उसले ।

 रातभरको कराइ सुनेर बल्लबल्ल स्कुल गइदिन्छ , अरूका लागी पढिदिन्छ अनि घरमा फर्किदिन्छ प्रताप। घरका बुवाको प्रेसर अनि बिद्धालायका शिक्षकको लाठीको डरका कारण गृहकार्य गर्छ ।

 कहानी फरक छ एउटै खहरेको जुन हिमालको काखमा मुल रसाएर बगिरहेको पानी जुन बग्दैबग्दै पहाड हुदै तराइसम्म पुग्दा छुन नसकिनेे गरि उम्लिएको जस्तो हुन्छ । के यो समयको माग हो ? समुन्द्रले खहरे बिर्सिन थाल्यो , रूखले जरा बिर्सिन थाल्यो , बटुवाले बाटोको दिशा बताउने मान्छे बिर्सियो ।

बाआमाले भनेको कुरा केहिपनि मान्दैन छोराले ,एउटा गर भन्दा अर्कै गर्दिन्छ । जुन काम नगर भनेर सिकाउछाै त्यहि उस्ले पहिला गर्दिन्छ । यो अरूको लगाममा रहेर  काम गर्न नसक्ने त मानबिय प्रवृतीनै हो तर आफ्नै बाआमाले भनेको कुरा पचाउन नसक्ने पनि कसरी हुन सक्छ

असिना खाएको मकै , बर्खा खाएको छानो , दुख बुझेका बा आमा  सिक्नको लागी ज्ञानका भन्डार हुन् , तिनीहरू कहिल्यै पनि रित्तिदैनन् अनि तिनीहरूले कसैको पनि नराम्रो होस् भन्नो चाहन्नन पनि । तर पनि किन भड्किन्छ मान्छे , किन तिनीहरूबाट टाढा भाग्न खोज्छ मान्छे , किन केहि नजाने पनि आफ्नै मनको मर्जी भएर परिआएको दुख भोग्न समेत डराउदैन मान्छे ?

पहिलो समाज जहा सुस्त बोल्नुपर्छ भनेपछी बोल्न पनि गाह्रो गर्ने मान्छे , अनि दोश्रो पुस्ता जुन सुस्त बोल भन्दा झन टोलनै थर्काएर कराउने मान्छे । पल्लाघरे रामे दाइको घरमा जहिलेबाट छोरो स्कुल जाने उमेरको भयो , त्यहिदिनबाट त्यो छोरोले बाउको कुरा सुन्न छाड्यो ?

के सबै दुखहरू धराैटी राखेर दिनदिनै कुल्ली काम गरेर हुर्काएका रामे दाइलाइ आफ्नै छोराले न्याय दियो त ? यो सहरमा लाखाै रामेदाइ हरू छन् अनि लाखाैँ प्रतापहरू ।

 


                                 

                                                                    पहिले


         

                                                                                    अहिले




हो परिवर्तन चाहिन्छ र भएन भने हाम्रो अस्तित्व पनि समाप्त हुन्छ तर के हामीले चाहेको परिवर्तन यहि हो ? के हामी हिडेको रेल आफ्नो पटरीबाट बाहिर त निस्किसकेको छैन ?हरेक दिन म बिस्तारामा सुत्न जादैगर्दा  यिनै प्रश्नका लहारहरू झुन्डिन्छन् , कहिले पाउछु होला मैले यसको उत्तर कसले दिन्छ होला यसको उत्तर ?आखिर पल्लाघरे रामे दाइ दोशी होलान् कि उस्को छोरो ??

 

पैतालाभन्दा साघुरा भए बाटाहरू , पानीभन्दा पातला भए रगतहरू ,जराभन्दा बलिया भए रूखहरू , खुट्टाभन्दा बलिया भए हातहरू , सराबभन्दा बलिया भएका छन् मातहरू

 

© Copyright (2020-Present) Sapkota Anup. All Rights Reserved.

 दीनमा दुइगुणा रातमा चारगुणा भागेको छ

मृत्यु मान्छे जन्मिन नपाउदै पछी लागेको छ


भर्खर मात्र एउटा लासलाइ घाटमा लगियो, 

यो यमराजले फेरि अर्को बली मागेको छ ।


Monday, July 4, 2022

आयुको खेती

असारमासको बेला
जताततै धान रोप्ने चटारो
कसैले गोरू लखेट्दै त
त कसैले हलाजुवा बोक्दै 
त कसैले बियाडबाट बिउको मुठाहरू ।

बिहान करिब सबा  चार बजे
म घरको पिढीँमा
मेरी आमाले पकाएर दिएको
खाट्टी भैसीको दुधहालेको 
चियाको चुस्की लगाउदै ।

दिनभरीको कामको बारेमा 
योजनाहरू बनाउदै
घरबाट पारीपट्टीको गाउँ हेर्दै 
बसिरहेको थिएँ म ।

टुउउउउउउउउउउउउउ
टुउउउउउउउउउउउउउ
ग्वार देआवो , ग्वार देआवो
कतैबाट दुइचोटी संख 
फुकेपछीको आएको आवाज
मेरो कानमा पर्यो ।

घरको पिढीबाट अलिकती
प्रष्ट नसुनिएकोले फेरी
म चियाको कप लिएर
आगनतर्फ झरेँ ।

फेरी उहि आवाज सुनेँ
टुउउउउउउउउउउउउउ
टुउउउउउउउउउउउउउ
ग्वार देआवो , ग्वार देआवो ।

ग्वार देउ त भन्यो तर 
को मरेको रहेछ 
कसले प्राण त्याग गरेको रहेछ
त्यो भने अलिकती 
प्रष्ट सुनिरहेको थिइन ।

दिनभरीको कामको लागी 
बिहानैबाट दिउसोको लागी 
रोटीको पिठो मुछ्दै हुनुहुन्थ्याे
मेरी आमाले एकाबिहानै ।

पुरूष भएपनि आज मलाइ 
बिहानै यस्तो कुरा सुन्दा 
अलिकती डर लागेर आयो
को मरेछ भन्ने 
थाहा पाउने काैतुहलतासंगै
मनमा डर भरियो ।

को मरेछ भन्दै 
म आमालाइ भान्सा कोठातर्फ
भन्न गएँ 
जबाफमा आमाले 
असारमास फेरि को मर्यो भन्नुभयो ।

मैले आमालाइ 
के रहेछ सोध्न जानुन भनेर 
भनेर पल्लो घरमा पठाएँ मैले ।
बदलामा आमा पनि पल्लो घरमा जानुभयो
पल्लो घरकी ठुलीआमाले
 केही कुरा थाहा पाउनुभएको
छ कि भनेर ।

यत्तिकैमा 
फेरी सङ्ख फुक्यो कसैले 
टुउउउउउउउउउउउउउ
टुउउउउउउउउउउउउउ
ग्वार देआवो , ग्वार देआवो ।
फलानोले छोड्यो , ग्वार देआवो

म अक्क न बक्क भएँ
फलानोले छोड्यो रे 
फेरी फलानो कोही नभएर 
मेरो आफ्नै नाम थियो 

अचम्मै भयो
अघिसम्म 
चियाको चुस्की 
लिइरहेको थिएँ
अहिले 
म त मरेछु
बल्ल थाहा पाएँ ।

कसैले भनेको सम्झिएँ,
एकदिन बाच्दै जा
के के देख्न पाउछस् भनेको ।

मैले देखेपनि अचम्मैको कुरा ।

चुपचाप , चुपचाप
म मेरी आमाले के खबर
लिएर आउनुहुन्छ भन्दै 
पर्खिएर बसेको थिएँ ।

यत्तिकैमा
आमा सरासर आउनुभयो
र भन्नुभयो
' लाटा कति अबेरसम्म सुतेको
आज बेसीमा खेत रोप्न जाने कुरा बिर्सिस् ' ?

ओहो
म त भुसुक्कै निद्रामा पो रहेछु
बल्ल थाहा पाएँ
मनमनै खुसी पनि भएँ ।

ओछ्यानबाट उठ्दैगर्दा
 मैले आमाले पहिलै भनेको कुरा सम्झिएँ
सपनामा
कोही मान्छे मरेको देख्यो भने 
उसको आयु बढ्छ रे
सोचेँ
 मैले पनि आज मेरो आयु 
एक करोड बर्ष बढाएँ ।

असारको
खेतीपाती गर्ने समयमा
मैले पनि जानीनजानी
मेरो आयु बढाउने 
जीवनको खेती
गर्न पुगेछु ।

Love_You_Jindagi

Sunday, June 26, 2022

नशा भनेको त नशा नै रहेछ

जलिरहेको लास थियो 
अलिकती छटपटाइरहेको 
अरू लासभन्दा भिन्न तरिकाले छटपटाइरहेको
मलाइ मनमा अलिकती काैतुहलता जाग्यो 
किन यो लास यती धेरै छटपटाइरहेको छ भनेर ।

सबै मलामीहरू आफ्नै धुनमा मस्त थिए
दागबत्ती दिने छोराहरू घोप्टो मुन्टो लगाएर बसिरहेका थिए ।

छोराहरूसंग गएर सोधेँ
ए दाजू , किन यसरी बाबा कराउनुभएको ?
उनिहरूले केही जबाफ दिन सकेनन् ।

मेरो मनमा प्रश्नका छालहरू दाैडिन थाले
मैले फेरी सोधेँ ,
ए दाजु ,बाबाको मृत्यु कसरी भएको भनेर ।

उनिहरूले एकै स्वरमा भनेँ
अत्याधिक चुरोट सेबनका कारण,
फोक्सो जलेर रेे 
मनमा लाग्यो बुढालाइ क्यान्सर लागेर रहेछ भन्ने ।

मेरो मन अझै थामिएन
किनकी
लासले अस्वाभाविक रूपमा
पिडाका लहरहरू देखाइराखेको थियो ।

मैले गएर लाशलाइ सोधेँ
अङ्कल किन यति धेरै छटपटाउनुभएको ?
के भयो र अङ्कल ?
उहाँ केही बोल्नुभएन ।

दाजुहरूले राम्रो संग पालेनन् ?
दाजुहरूले जिउदो छउन्जेल दुख दिए ?
अहँ, उताबाट केही जबाफ आएन ।

आगोले पोलेर खट्न नसकेर रूनुभएको ,चिच्याउनुभएको ?
उताबाट केही जबाफ आएन .

मैले केही कुरा पत्ता लगाउन सकिन ।
जबाफ आओस् पनि कसरी ?
मरेको मान्छे बोलोस् पनि कसरी ?
आखिर म त मुर्ख पो भइरहेको रहेछु
मरेको मान्छेलाइ प्रश्न गरेर ।

र अन्तिममा
म लासदेखी टाढा जादै थिएँ
मनभरी प्रश्नका सागरहरू लिएर 
यत्तिकैमा कसैले मेरो हातमा समायो ।

झट्ट म पछाडी फर्केर हेरेको
मलाइ समात्ने त त्यहि जलिरहेको लास पो रहेछ 
मैले सोधेँ , अङ्कल हजुर ठिक हुनुहुन्छ ?
उताबाट केही जबाफ आएन ,
लासले मलाइ हेरिरहेको सिवाय ।

अरे म सपनामा छु कि जस्तो लाग्यो
आफ्नै गाला छामेँ
सपना हैन, बिपना नै रहेछ ।

त्यसपछी लासको र मेरो आखा जुध्यो ,
लासले उसको नजिक आउने इशारा गर्यो आखाबाट
म पनि गएँ उसको नजिक
उसैको कुरा सुन्नकै लागी ।

लासले मेरो कानमा आएर भन्यो 
'बाबु एक खिल्ली चुरोट छ ' ?


 

Friday, June 24, 2022

Conflict Between Mind and Heart

 


मन             -Anup , You are a nice guy, Nice things always happens to nice guy.
मस्तिस्क     -Really? Nice thing always happens to nice guy?

मन             -Yes of course, my brother.
मस्तिस्क     -I don't belive you.

मन             -Of course , you don't believe me becasue you are selfish
मस्तिस्क     -Yes I'm selfish , but who cares ?

मन             -I care. who do you want to care other than me ?
मस्तिस्क     -I don't belive you again. If you think like this, you  will die poor.

मन             -Why would I die poor? What do you think the word 'poor' means ?
मस्तिस्क     -One and only meaning of poor is not having money with you.

मन             -Omg,you were poor , you are poor and you will always be poor throughout your                            entire life.
मस्तिस्क     -Why I'm poor?

मन             - You are poor mentally my brother.Go buy some mental stuff with the money you                            have and be a very rich man.
        
Just trying. sorry for my indigent english language skill.

Saturday, May 21, 2022

मेरो मनको अदालतको फैसला ।


यसकारण मेरो मनले मेरो मनको नियमअनुसार मालीलाइ जन्मकैदको फैसला सुनायो।

निकै समय लगाएर,
धेरैै मेहनत गरेर,
बर्षाैपछी
मैले अदालतमा रिट हाले,
बिषय थियो 
मेरो शब्दको नजरअन्दाज गरियो भनेर
मेरो भावनामाथी खेलवाड भयो भनेर
मेरो नजरमाथी अरू कसैको नजर लाग्यो भनेर ।
...
म चाहन्थेँ
जुन फूलमा मेरो मात्र नजर हुनुपर्थ्यो 
त्यहाको मालीले
त्यहि फूल टिपेर अर्कै 
फूलजस्तो देखिने
उस्तै उस्तै लाग्ने 
अरूको आँखालाइ छारो हाल्ने खालको
झार को बिरूवा रोपिदियो ।
...

जब मैले मेरो नजरमा त्यो फुल त्यँहा देखिन 
म एकाएक भाैतारिएँ 
दिनभरी भाैतारिएँ
रातभरि कराएँ 
दिन बित्यो 
रात बित्यो 
मेरो मनका कराैडाै दिनहरू यसरी नै बिते 
त्यहि फुलको प्रतिक्षामा ।
..

तर एन 
मैले खोजेको 
मेरो  फूल
जसलाइ 
मैले मेरो मनमा 
सजाइसकेको थिएँ
...

करोडाैँ समय पछि 
मैले प्रतिज्ञा गरेँ  कि 
मेरो फूल गुमनाम पारिदिने 
मेरो फूलमाथी धावा बोल्ने
त्यो बगैचाको मालीलाइ 
कारबाहीको दायराभित्र ल्याउनुपर्यो भनेर ।
...

मैले अदालतमा उजुरी हालेँ ,
कि श्रीमान ज्यू ,
मेरो मनपरेको फूल 
त्यो मालीले किन गायब गरायो भनेर ।
श्रीमानज्युले 
मालीलाइ पनि 
त्यहा उपस्थित गराउन लगाउनुभयो ।
...
मालीले पनि जबाफ दियो
कि उसको क्षेत्राधिकार भित्रको 
फूलको मालिकमा
उ भएको हुनाले ,
 उसैले मात्र फूलमाथी
रजाइ गर्न पाउछुँ भनेर ।
...
कुरा त ठिकै हो , 
तर मलाइ मन परेन उसको कुरा,
किनकी मलाइ फूलसंग 
प्रेम बसिसकेको थियो ।
बहस् लम्बियो 
एक दिन , दुइ दिन , तिन दिन हुदैँ,
एक करोड बर्ष लम्बियो बहस्।
...
र अन्त्यमा
निकै गरमागरम् अनि चर्काचर्की पछि 
अदालतले फैसला सुनायो,
बगैचाभित्रको 
फूलको जिम्मा 
मालीकै माताहतमा हुने भएकोले ,
मालीले जे गर्यो ,
ठिक थियो भनेर ।
...

बिद्रोही थियो यो मन ,
मन परेन अदालतको फैसला,
मैले फ्नै रिटमाथी ,
फै फैसला सुनाउने निर्णय गरेँ,
थाहा छैन मनको अदालतले बोल्यो कि दिमागको अदालतले ।
..
तर मेरो अदालतले ,
यहि फैसला सुनायो 
कि 
मालीलाइ 
फूले गरेको कर्मको सजाय
जिवन जेल सजाय 
अब हेर्न पाउने छैन  
मालीले फूलहरू 
गर्न पाउनेछैन फूलको रक्षाहरू ,
अनि मैले 
पनि सधैसधैका लागी देख्न पाउनेछैन
बगाैँचामा फूलहरू 
मेरा प्रेमहरू ।


भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...