जलिरहेको लास थियो
अलिकती छटपटाइरहेको
अरू लासभन्दा भिन्न तरिकाले छटपटाइरहेको
मलाइ मनमा अलिकती काैतुहलता जाग्यो
किन यो लास यती धेरै छटपटाइरहेको छ भनेर ।
सबै मलामीहरू आफ्नै धुनमा मस्त थिए
दागबत्ती दिने छोराहरू घोप्टो मुन्टो लगाएर बसिरहेका थिए ।
छोराहरूसंग गएर सोधेँ
ए दाजू , किन यसरी बाबा कराउनुभएको ?
उनिहरूले केही जबाफ दिन सकेनन् ।
मेरो मनमा प्रश्नका छालहरू दाैडिन थाले
मैले फेरी सोधेँ ,
ए दाजु ,बाबाको मृत्यु कसरी भएको भनेर ।
उनिहरूले एकै स्वरमा भनेँ
अत्याधिक चुरोट सेबनका कारण,
फोक्सो जलेर रेे
मनमा लाग्यो बुढालाइ क्यान्सर लागेर रहेछ भन्ने ।
मेरो मन अझै थामिएन
किनकी
लासले अस्वाभाविक रूपमा
पिडाका लहरहरू देखाइराखेको थियो ।
मैले गएर लाशलाइ सोधेँ
अङ्कल किन यति धेरै छटपटाउनुभएको ?
के भयो र अङ्कल ?
उहाँ केही बोल्नुभएन ।
दाजुहरूले राम्रो संग पालेनन् ?
दाजुहरूले जिउदो छउन्जेल दुख दिए ?
अहँ, उताबाट केही जबाफ आएन ।
आगोले पोलेर खट्न नसकेर रूनुभएको ,चिच्याउनुभएको ?
उताबाट केही जबाफ आएन .
मैले केही कुरा पत्ता लगाउन सकिन ।
जबाफ आओस् पनि कसरी ?
मरेको मान्छे बोलोस् पनि कसरी ?
आखिर म त मुर्ख पो भइरहेको रहेछु
मरेको मान्छेलाइ प्रश्न गरेर ।
र अन्तिममा
म लासदेखी टाढा जादै थिएँ
मनभरी प्रश्नका सागरहरू लिएर
यत्तिकैमा कसैले मेरो हातमा समायो ।
झट्ट म पछाडी फर्केर हेरेको
मलाइ समात्ने त त्यहि जलिरहेको लास पो रहेछ
मैले सोधेँ , अङ्कल हजुर ठिक हुनुहुन्छ ?
उताबाट केही जबाफ आएन ,
लासले मलाइ हेरिरहेको सिवाय ।
अरे म सपनामा छु कि जस्तो लाग्यो
आफ्नै गाला छामेँ
सपना हैन, बिपना नै रहेछ ।
त्यसपछी लासको र मेरो आखा जुध्यो ,
लासले उसको नजिक आउने इशारा गर्यो आखाबाट
म पनि गएँ उसको नजिक
उसैको कुरा सुन्नकै लागी ।
लासले मेरो कानमा आएर भन्यो
'बाबु एक खिल्ली चुरोट छ ' ?
1 comment:
Nice 1
Post a Comment