मलाइ कसैले केहि भन्न पाउदैन किनभने मैले क्रान्ती गरेको हुँ ।
...
सम्झाउने बुझाउने मित्र , राम्रो नहुनाले ,
देशको माया यो मनभित्र , राम्र नहुनाले ,
...
पाउनुसम्म पाउने भयो, मेरो देशले दुख ,
बास्तविक मेरो चरित्र , राम्रो नहुनाले ।
......................................................................
मलाइ अरूका छोराछोरीले पढेको कत्ती मन पर्दैन, मेरो क्रान्तीले नै बिद्धालयहरू भत्कायो । बाकी रहेका बिद्धालयमा मेरो बिश्वास छैन कि उनिहरूले कस्तो शिक्षा दिन्छन् , त्यसकारण मैले मेरा छोराछोरीलाइ बिदेशका राम्रा राम्रा बिश्वविद्धालयमा पठाएको छु , किनकी मेरो क्रान्तीमा मेरा छोराछोरीले राम्रो बिद्धालयमा पढ्न पाउनुपर्छ लेखिएको छ ।
...
मलाइ हिन्दु धर्म मन पर्दैन , कसैले रातो टिका लगाएको देखेँ भने मेरो दिमाग खराब हुन्छ , उस्तैपरे मलाइ हस्पिटलनै लैजानुुपर्छ । मैले मन्दिरहरू भत्काएँ, पुजारीहरूको हत्या गरेँ , पाटी पाैवाहरू ध्वस्त पारेँ । मैले घरघरमा गएर पर्मेस्वरले सबै कुरा पुराइदिन्छन् भनेर प्रचार गर्न लगाएँ किनकी परमेश्वरले नै सबै कुरा हेर्छन् । मैले मन्दिर भत्काएको ठाउँमा चर्च बनाउन लगाएँ , किनकी मेरो क्रान्तीमा मन्दिर भत्काएर चर्च बनाउनुपर्छ भन्ने लेखिएको छ ।
...
मैले कलिला बालबच्चाले किताब बोकेर स्कुल पढ्ने बेलामा बन्दुकको नाल बोक्न सिकाए । बुर्जुवा शिक्षामा कुनै पनि फाइदा देखिन , सस्कृतका किताबहरू जलाउन लगाएँ । मैले शिक्षकहरूको हत्या गरेँ , र पढेर केहि पनि हुदैन रहेछ भन्ने सन्देश सबै जनमानसमा दिएँ किनकि मेरो क्रान्तीमा जनताका छोराछोरीले किताब जलाउनुपर्छ भन्ने लेखिएको छ ।
...
धेरै पढ्न नचाहने म र नपढेको मलाइ कहिलेकाहि एकदमै ठुलो उपन्यास लेख्न मन लाग्यो , कहिल्यैै नसकिने मेरो क्रान्तीको उपन्यास ।उपन्यास लेख्ने बेलामा मलाइ कलममा राखिएको कालो मसी मन परेन , मलाइ त रगतबाट बनेको रातो मसी चाहिएको थियो , त्यसकारण मैले जनताका दुधे बालकपनि घरघरबाट उठाउन लगाएँ , किनकी मलाइ थाहा थियो इतिहास कालो मसिले लेखिदैन , रातो रगतले लेखिन्छ भनेर मेरो क्रान्तीमा लेखिएको छ ।
...
मलाइ मासु खान मन पर्छ अझै गाइको त अत्याधिक । तिम्रो धर्ममा के लेखिएको छ थाहा छैन तर मेरो धर्ममा गाइको मासु खाने मान्छे सबैभन्दा धर्मकर्म गर्ने मान्छेमा गनिन्छ । मैले गाउँगाउँ बस्तीमा गएर गाइ काट्न लगाएँ , बन्दुक निधारमा राखेर भएपनि गाइको मासु खुवाउन लगाएँ किनकि मेरो क्रान्तीमा गाइको मासु खानैपर्छ भन्ने लेखिएको छ ।
...
मलाइ अरूले राष्ट्रिय पोशाक भनेर दाैरासुरूवाल लगाएको मन पर्दैन , टाइसुट लगाउनुपर्छ । मलाइ जेल लगाएर लरक्क पारेको कपाल हल्लाएर हिड्न मन पर्छ , ढाकाटोपी मन पर्दैन , किनकी ढाकाटोपी लगाउएर हिड्ने मान्छे अराष्ट्रिय तत्व हो भनेर मेरो क्रान्तिमा लेखिएको छ ।
...
मलाइ पैशापती महादेवको भन्दापनि बढी प्रेम छ ।कहिलेकाही मैले पैशा भनेपछि खान बिर्सिन्छु , सुत्न बिर्सिन्छु र उस्तै पर्यो भने स्वास फेर्न पनि बिर्सिन्छु । मैले बच्चा जन्मिन लाग्दा हस्पिटलले लिने पैशादेखी मान्छे मर्दा घाटमा जलाउन चाहिने पैशासम्म पनि कमिसन् चाहिन्छ ।मलाइ कसैले आफु रोज्छस् कि पैशा भन्यो भनेपनि म आफैलाइ त्यागेर भएपनि पैशा रोज्छु ।मैले क्रान्ती गर्दैगर्दा बैँक फोडेर निकालिएको पैशाको पोखरीमा पाैडिदा पनि आफ्नो इच्छा पुरा गर्न नसकेको ब्याक्ती हुँ । मेरो हरेक कुरामा पनि पैशा सम्झिन्छु , उठ्दापनि पैशा हिड्दा पैशा , बस्दा पैशा , सुत्दा पनि पैशा अनि सपनामा पनि पैशा । यतिसम्मकि कुनैदिन सपनामा पैशा देखिन भने भोलिपल्ट मलाइ सञ्चो हुदैन , किनकी मेरो क्रान्तीमा पैशा सबै मैले मात्र कमाउनुपर्छ , मोजमस्ती मैलेमात्र गर्नुपर्छ भन्ने लेखिएको छ ।
...
बिरामी हुँदा मलाइ नेपाली अस्पतालको कुनैपनि बिश्वास लाग्दैन , मलाइ बिदेशका राम्रा राम्रा नाम चलेका अस्पताल अनि नाम चलेका डाक्टरहरूसंग लैजानुपर्छ । कथमकदाचित नेपालमै उपचार गराउदा उन्नाइस् बिस् तलमाथी भयो भने मेरो क्रान्ती कहिलेे सफल हुन्छ भन्ने कुराले मलाइ बाहिर जान नै बाध्य बनाएको छ । किनकी मेरो क्रान्तीमा अरू मरेर भएपनि मचाहिँ जसरी भएपनि बाच्नैपर्छ भन्ने लेखिएको छ ।
...
मैले भनेको कुरा सधै सत्य हुन्छ , सबैले सुनिदिनु पर्छ , कसैले सुनेन भने उसको कानको लोती च्यातिदिन्छु , मैले हिडेको बाटो अरूपनि हिड्नुपर्छ , कोहि मानेन भने उसको खुट्टा काटिदिन्छु । म रोएको बेला अरू पनि रोइदिनुपर्छ , म हासेको बेला अरू हासीदिनुपर्छ , मेरो खुसीमा सबै खुसी भइदिनुपर्छ । किनकी मेरो क्रान्तीमा म मात्र खुसी हुनुपर्छ भन्ने लेखिएको छ ।
...
जवानी सबैको आउछँ झन म त क्रान्तीमा होमिन हिडेको मान्छे , बैश नआउने त कुरै भएन । मलाइ जबानीको आनन्द दिनको लागी दिनदिनै फेरिफेरी राम्री राम्री सुन्दरीहरू चाहिन्छ , जो राम्रो लाग्छ त्यहि मान्छेले मेरो बिस्तारा तताउनुपर्छ । म क्रान्तीमा होमिएपछि मेरा आसेपासेलाइ पनि सुन्दरी मिलाइदिनुपर्छ , कसैैकसैले त बलात्कार पनि गर्न भ्याउछन् , तर मलाइ मेरो क्रान्तीमा बिश्वास छ , मेरो क्रान्तीमा बलात्कारीलाइ रातारात फरार बनाउने अनि त्यहि केसलाइ केहि समयमा साम्य बनाउने बिषय पढाइन्छ ।
...
बुझ्न सकेनछु जनताको, मर्म मैले त ,
मान्छे काटी गरेँ सोचेँ , धर्म मैले त ,
...
मर्ने बेला पानी पनि, पाउदिन होला,
जीन्दगीमा गरिन राम्रो, कर्म मैले त ।
...............................................................
यतिधेरै क्रान्तीको आगो सल्काउन सक्ने मान्छे म , मलाइ कहिलेकाही यदि म मरे भने के होला भन्ने पनि चिन्ता लाग्छ । यदि म मरे भने मेरो क्रान्तीको जिम्मा कसले लिन्छ , मेरा अधुरा सपनालाइ कसले पुरा गर्छ ? मेरो साइली सासुको कान्छी छोरीको ठुला जेठाजुको सालीको नन्दलाइ कसले काममा लगाइदिन्छ ? मेरो भाउजुको मितिनी आमाको कान्छी छोरीको माइलो छोरा काठ तस्करीमा थानामा परेको फाइल कसले मिलाइदिन्छ ? मेरो आफ्नै छोराको बहुबिवाहको केश कस्ले सम्हाल्छ ? मेरो भाइको कर्तव्यज्यान मुद्धामा लगाइएको अभियोगको फाइल कसले गायब गराउछँ ?यतिकुरा सोच्दासोच्दै कहिलेकाही म पनि अत्तालिन्छु। ...
यदि मेरो क्रान्ती सफल भएन भने सत्रहजार जनताको रगतले लेखेको मेरो उपन्यासमा कसैले हमला गर्यो भने के हुन्छ ?म कतै मेरो क्रान्ती सफल बनाउन बोको लिएर मान्दिर त जानु पर्दैन ? गाइको पुजा त गर्नु पर्दैन , मलाइ नै कसैले भ्रष्टाचारको मुद्धा त लगाउदैन, र कहिँकतै म सधैसधैका लागी जेल बस्नुपर्दैन ? मेरो क्रान्तीले जनतालाइ के भयो , कहाँ लगाइयो घाउमा मलम ? कहिकतै मैले डढेलोमा मट्टीतेल त छर्किरहेको छैन ?कसले फिर्ता ल्याइदिन्छ तिनीहरूलाइ ? कता जाला छोरो सधैभरी तिम्रो शिर उच्च बनाउनेछ भन्दै अन्तिम सास हुदा मेरी आमालाइ मैले दिएको बचन ? के मेरी आमाले मलाइ स्वर्गबाट मलाइ स्विकार्छिन् ? यत्तिका प्रश्नहरूले तहसनहस गराइरहदा बिउझिन्छु बिहानै ।
...
बिहानको नित्यकर्म सकिसकेपछी उसको महलजस्तो घरमा चियाको चुस्की लगाउदै पत्रिकामा हेर्छु , पत्रिकामा लेखिएको हुन्छ ।" बधाइ छ क्रान्तिकारी ज्यु तपाइको क्रान्ती सफल भयो , तपाइँबिरूद्ध परेका ६७१ मुद्धाको सुनुवाइमा तपाइलाइ सर्वस्व हरण सहित १३७६ बर्ष बिना धराैटी कारागार चलान गरिएको छ" ।मलाइ पत्यार लागेन , घरको छतबाट यताउता हेर्दा अचम्मको दृश्य देख्न पुगेँ , करिव पाचँ हजाराैको सङ्ख्यामा प्रहरीहरूले मेरो महल घेरिसकेछन् । कहाँ जाउँ म , के गराै म ? माफ गर मेरी आमा , मैले गल्ती गरेँ , गर्न नहुने गल्ती गरेँ ।सोच्दै छु के मलाइ अब मेरो परमेश्वरले बचाउछन् त ?
...
गरिबको दुख लुकाउने टालो हजुरको ,
पापीहरूलाइ फसाउने जालो हजुरको ,
...
यो संसार यस्तै छ , इन्साफ पाउछ सबले ,
एकदिन पक्का आँउछ आमा , पालो हजुरको
..............................................................................
(मेरी आमा- नेपाल आमालाइ समर्पित)
© Copyright (2020-Present) Sapkota Anup. All Rights Reserved.
No comments:
Post a Comment