आजकल छोराको बाउसंग बिचार मिल्दैन ।
जमाना फेरिएछ , मुढाको आगो ताप्न
छोडे जवानहरूले , बुढाबुढीको अर्थी सुन्न छोडे युवाहरूले ।खाली खुट्टाले मेची महाकाली
हिडेर पुरा नेपाल भोगेका बाआमाको कुरा सुन्न छोडे छोराछोरीले । लाग्छ घरबाट नै
संसार सबै देखिसके उनिहरूले ।
रातभरको कराइ सुनेर बल्लबल्ल स्कुल
गइदिन्छ , अरूका लागी पढिदिन्छ अनि घरमा फर्किदिन्छ प्रताप। घरका बुवाको प्रेसर
अनि बिद्धालायका शिक्षकको लाठीको डरका कारण गृहकार्य गर्छ ।
कहानी फरक छ एउटै खहरेको जुन हिमालको
काखमा मुल रसाएर बगिरहेको पानी जुन बग्दैबग्दै पहाड हुदै तराइसम्म पुग्दा छुन
नसकिनेे गरि उम्लिएको जस्तो हुन्छ । के यो समयको माग हो ? समुन्द्रले खहरे बिर्सिन थाल्यो , रूखले जरा
बिर्सिन थाल्यो , बटुवाले बाटोको दिशा बताउने मान्छे बिर्सियो ।
बाआमाले भनेको कुरा केहिपनि मान्दैन छोराले ,एउटा गर भन्दा अर्कै गर्दिन्छ । जुन काम नगर भनेर सिकाउछाै त्यहि
उस्ले पहिला गर्दिन्छ । यो अरूको लगाममा रहेर काम गर्न नसक्ने
त मानबिय प्रवृतीनै हो तर आफ्नै बाआमाले भनेको कुरा पचाउन नसक्ने पनि कसरी हुन
सक्छ ?
असिना खाएको मकै , बर्खा खाएको छानो
, दुख बुझेका बा आमा सिक्नको लागी
ज्ञानका भन्डार हुन् , तिनीहरू कहिल्यै पनि रित्तिदैनन् अनि तिनीहरूले कसैको पनि नराम्रो
होस् भन्नो चाहन्नन पनि । तर पनि किन भड्किन्छ मान्छे , किन तिनीहरूबाट टाढा भाग्न खोज्छ मान्छे , किन केहि नजाने पनि आफ्नै मनको मर्जी भएर परिआएको दुख भोग्न समेत
डराउदैन मान्छे ?
पहिलो समाज जहा सुस्त बोल्नुपर्छ भनेपछी बोल्न पनि गाह्रो गर्ने
मान्छे , अनि दोश्रो पुस्ता जुन सुस्त बोल भन्दा झन टोलनै थर्काएर कराउने
मान्छे । पल्लाघरे रामे दाइको घरमा जहिलेबाट छोरो स्कुल जाने उमेरको भयो , त्यहिदिनबाट त्यो छोरोले बाउको कुरा सुन्न छाड्यो ?
के सबै दुखहरू धराैटी राखेर दिनदिनै कुल्ली काम गरेर हुर्काएका रामे
दाइलाइ आफ्नै छोराले न्याय दियो त ? यो सहरमा लाखाै
रामेदाइ हरू छन् अनि लाखाैँ प्रतापहरू ।
पहिले
अहिले
हो परिवर्तन चाहिन्छ , र भएन भने हाम्रो अस्तित्व
पनि समाप्त हुन्छ तर के हामीले चाहेको परिवर्तन यहि हो ? के हामी
हिडेको रेल आफ्नो पटरीबाट बाहिर त निस्किसकेको छैन ?हरेक दिन म बिस्तारामा
सुत्न जादैगर्दा यिनै प्रश्नका लहारहरू झुन्डिन्छन् , कहिले
पाउछु होला मैले यसको उत्तर कसले दिन्छ होला यसको उत्तर ?आखिर
पल्लाघरे रामे दाइ दोशी होलान् कि उस्को छोरो ??
पैतालाभन्दा साघुरा भए बाटाहरू , पानीभन्दा पातला भए रगतहरू ,जराभन्दा बलिया भए रूखहरू , खुट्टाभन्दा बलिया भए हातहरू , सराबभन्दा बलिया भएका छन् मातहरू
No comments:
Post a Comment