Monday, March 11, 2024

भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू 
लाखाैलाख चोटी 
दाैडिरहेका छन् ।

कोही  बाआमा भेट्न
कोही प्रेमिका 
कोही गन्तब्य त
कोही घाट ।

बिहान सुर्यको लालीले,
सगरमाथाको चुचुरोलाइ
चुप्पा गर्न नपाउदै
मान्छेहरू
टुसाउन लागेको प्रगतीहरूलाइ
चुप्पा गर्नको लागी
दाैडिरहेछन् ।

न तिमीलाइ थाहा छ
न मलाइ 
न घामलाइ
न त जुनलाइ 
न दिनलाइ
न रातलाइ ।

तर
हजाराै मान्छेका
लाखाैलाख सपनाहरूलाइ
जानी नजानी 
गाइले घाँस चपाउदाझै
चपाइरहेको कोही मान्छे ।

उसलाइ 
न तिम्रो मतलब छ
न मेरो ,
न घामको 
त न जुनको ,
न दिनको
त न रातको।

न कसैसंग प्रतिस्पर्धा छ
न त कसैसंग पुरस्कारको आश,
न धनको लोभ छ 
न त मायाँको लालच ,
न पिरको ।

यहि भिडको
एउटा कुनामा
म पनि दाैडिरहेको थिए,
थोरै इच्छा
अनि थाेरै चाहना बोकेर ।

दाैडिदै थिएँ
मैले खोजेको
प्रगतिको बाटोतर्फ ।

सुइकुच्चा ठाेक्दै गर्दा
त्यसैबेला
बिच बाटोमा
कसैले बोलायो मलाइ ।

एक अन्दाजी
नब्बे बर्षको
कपाल फुलेर सेतै भएको
अनुहार चाउरी परेर
खुजमुजिएको 
मान्छे । 

भन्यो 
समयलाइ भेट्याउन
हिडेको म
आज
उनानब्बे बर्षसम्म
सङ्घर्ष गर्दा पनि
 भेट्न सकिनछु,

उसले सोध्यो

बाबु,

तिमी कति बर्षको भयाै ?  


पैतालापनि नअटाउने भए बाटाहरू , साघुरिदै गए मनहरू


शुक्रबारको मिलेको कुरा शनिबार मिल्दैन
आजकल छोराको बाउसंग बिचार मिल्दैन ।

जमाना फेरिएछ , मुढाको आगो ताप्न छोडे  जवानहरूले , बुढाबुढीको अर्थी सुन्न छोडे युवाहरूले ।खाली खुट्टाले मेची महाकाली हिडेर पुरा नेपाल भोगेका बाआमाको कुरा सुन्न छोडे छोराछोरीले । लाग्छ घरबाट नै संसार सबै देखिसके उनिहरूले ।

 कहानी दुइ पुस्ता बिचको । पहिलो पुस्ता जो अन्दाजी चार बिस टेकेका आफ्नो दुइछाक खाने कुरा नभएरै निबेकमा दिनभरी अर्कैकोमा कुल्ली भएर जान मन भएपनि परिस्थितीले स्कुल जान नपाएका बा पुस्ता अर्थात रामे दाइ । दोश्रो बाउआमाले कर गरिगरी बल्ल बल्ल बिद्धालय जान कर लागेर बाउआमाका लागी गइदिएको छोरो पुस्ता अर्थात रामेदाइको छोरो, बर्ष १८ को प्रताप।दिनभरिको कुल्ली काम गरेको थकानले सुख दिदैन रामेदाइलाइ । घर फर्किदा सधै रमिता गरिरहेको हुन्छ छोराले । बाउको दुखको भारी जिम्बेबारी  बोक्ने बेलामा चाैविस घन्टा सिरकभित्र बसेर मोवाइल थिच्ने प्रतापले रामेदाइको कुरा सुन्दैन ,मान्दैन । लाग्छ घरबाट नै संसार सबै देखिसक्यो उसले ।

 रातभरको कराइ सुनेर बल्लबल्ल स्कुल गइदिन्छ , अरूका लागी पढिदिन्छ अनि घरमा फर्किदिन्छ प्रताप। घरका बुवाको प्रेसर अनि बिद्धालायका शिक्षकको लाठीको डरका कारण गृहकार्य गर्छ ।

 कहानी फरक छ एउटै खहरेको जुन हिमालको काखमा मुल रसाएर बगिरहेको पानी जुन बग्दैबग्दै पहाड हुदै तराइसम्म पुग्दा छुन नसकिनेे गरि उम्लिएको जस्तो हुन्छ । के यो समयको माग हो ? समुन्द्रले खहरे बिर्सिन थाल्यो , रूखले जरा बिर्सिन थाल्यो , बटुवाले बाटोको दिशा बताउने मान्छे बिर्सियो ।

बाआमाले भनेको कुरा केहिपनि मान्दैन छोराले ,एउटा गर भन्दा अर्कै गर्दिन्छ । जुन काम नगर भनेर सिकाउछाै त्यहि उस्ले पहिला गर्दिन्छ । यो अरूको लगाममा रहेर  काम गर्न नसक्ने त मानबिय प्रवृतीनै हो तर आफ्नै बाआमाले भनेको कुरा पचाउन नसक्ने पनि कसरी हुन सक्छ

असिना खाएको मकै , बर्खा खाएको छानो , दुख बुझेका बा आमा  सिक्नको लागी ज्ञानका भन्डार हुन् , तिनीहरू कहिल्यै पनि रित्तिदैनन् अनि तिनीहरूले कसैको पनि नराम्रो होस् भन्नो चाहन्नन पनि । तर पनि किन भड्किन्छ मान्छे , किन तिनीहरूबाट टाढा भाग्न खोज्छ मान्छे , किन केहि नजाने पनि आफ्नै मनको मर्जी भएर परिआएको दुख भोग्न समेत डराउदैन मान्छे ?

पहिलो समाज जहा सुस्त बोल्नुपर्छ भनेपछी बोल्न पनि गाह्रो गर्ने मान्छे , अनि दोश्रो पुस्ता जुन सुस्त बोल भन्दा झन टोलनै थर्काएर कराउने मान्छे । पल्लाघरे रामे दाइको घरमा जहिलेबाट छोरो स्कुल जाने उमेरको भयो , त्यहिदिनबाट त्यो छोरोले बाउको कुरा सुन्न छाड्यो ?

के सबै दुखहरू धराैटी राखेर दिनदिनै कुल्ली काम गरेर हुर्काएका रामे दाइलाइ आफ्नै छोराले न्याय दियो त ? यो सहरमा लाखाै रामेदाइ हरू छन् अनि लाखाैँ प्रतापहरू ।

 


                                 

                                                                    पहिले


         

                                                                                    अहिले




हो परिवर्तन चाहिन्छ र भएन भने हाम्रो अस्तित्व पनि समाप्त हुन्छ तर के हामीले चाहेको परिवर्तन यहि हो ? के हामी हिडेको रेल आफ्नो पटरीबाट बाहिर त निस्किसकेको छैन ?हरेक दिन म बिस्तारामा सुत्न जादैगर्दा  यिनै प्रश्नका लहारहरू झुन्डिन्छन् , कहिले पाउछु होला मैले यसको उत्तर कसले दिन्छ होला यसको उत्तर ?आखिर पल्लाघरे रामे दाइ दोशी होलान् कि उस्को छोरो ??

 

पैतालाभन्दा साघुरा भए बाटाहरू , पानीभन्दा पातला भए रगतहरू ,जराभन्दा बलिया भए रूखहरू , खुट्टाभन्दा बलिया भए हातहरू , सराबभन्दा बलिया भएका छन् मातहरू

 

© Copyright (2020-Present) Sapkota Anup. All Rights Reserved.

 दीनमा दुइगुणा रातमा चारगुणा भागेको छ

मृत्यु मान्छे जन्मिन नपाउदै पछी लागेको छ


भर्खर मात्र एउटा लासलाइ घाटमा लगियो, 

यो यमराजले फेरि अर्को बली मागेको छ ।


भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...