असारमासको बेला
जताततै धान रोप्ने चटारो
कसैले गोरू लखेट्दै त
त कसैले हलाजुवा बोक्दै
त कसैले बियाडबाट बिउको मुठाहरू ।
बिहान करिब सबा चार बजे
म घरको पिढीँमा
मेरी आमाले पकाएर दिएको
खाट्टी भैसीको दुधहालेको
चियाको चुस्की लगाउदै ।
दिनभरीको कामको बारेमा
योजनाहरू बनाउदै
घरबाट पारीपट्टीको गाउँ हेर्दै
बसिरहेको थिएँ म ।
टुउउउउउउउउउउउउउ
टुउउउउउउउउउउउउउ
ग्वार देआवो , ग्वार देआवो
कतैबाट दुइचोटी संख
फुकेपछीको आएको आवाज
मेरो कानमा पर्यो ।
घरको पिढीबाट अलिकती
प्रष्ट नसुनिएकोले फेरी
म चियाको कप लिएर
आगनतर्फ झरेँ ।
फेरी उहि आवाज सुनेँ
टुउउउउउउउउउउउउउ
टुउउउउउउउउउउउउउ
ग्वार देआवो , ग्वार देआवो ।
ग्वार देउ त भन्यो तर
को मरेको रहेछ
कसले प्राण त्याग गरेको रहेछ
त्यो भने अलिकती
प्रष्ट सुनिरहेको थिइन ।
दिनभरीको कामको लागी
बिहानैबाट दिउसोको लागी
रोटीको पिठो मुछ्दै हुनुहुन्थ्याे
मेरी आमाले एकाबिहानै ।
पुरूष भएपनि आज मलाइ
बिहानै यस्तो कुरा सुन्दा
अलिकती डर लागेर आयो
को मरेछ भन्ने
थाहा पाउने काैतुहलतासंगै
मनमा डर भरियो ।
को मरेछ भन्दै
म आमालाइ भान्सा कोठातर्फ
भन्न गएँ
जबाफमा आमाले
असारमास फेरि को मर्यो भन्नुभयो ।
मैले आमालाइ
के रहेछ सोध्न जानुन भनेर
भनेर पल्लो घरमा पठाएँ मैले ।
बदलामा आमा पनि पल्लो घरमा जानुभयो
पल्लो घरकी ठुलीआमाले
केही कुरा थाहा पाउनुभएको
छ कि भनेर ।
यत्तिकैमा
फेरी सङ्ख फुक्यो कसैले
टुउउउउउउउउउउउउउ
टुउउउउउउउउउउउउउ
ग्वार देआवो , ग्वार देआवो ।
फलानोले छोड्यो , ग्वार देआवो
म अक्क न बक्क भएँ
फलानोले छोड्यो रे
फेरी फलानो कोही नभएर
मेरो आफ्नै नाम थियो
अचम्मै भयो
अघिसम्म
चियाको चुस्की
लिइरहेको थिएँ
अहिले
म त मरेछु
बल्ल थाहा पाएँ ।
कसैले भनेको सम्झिएँ,
एकदिन बाच्दै जा
के के देख्न पाउछस् भनेको ।
मैले देखेपनि अचम्मैको कुरा ।
चुपचाप , चुपचाप
म मेरी आमाले के खबर
लिएर आउनुहुन्छ भन्दै
पर्खिएर बसेको थिएँ ।
यत्तिकैमा
आमा सरासर आउनुभयो
र भन्नुभयो
' लाटा कति अबेरसम्म सुतेको
आज बेसीमा खेत रोप्न जाने कुरा बिर्सिस् ' ?
ओहो
म त भुसुक्कै निद्रामा पो रहेछु
बल्ल थाहा पाएँ
मनमनै खुसी पनि भएँ ।
ओछ्यानबाट उठ्दैगर्दा
मैले आमाले पहिलै भनेको कुरा सम्झिएँ
सपनामा
कोही मान्छे मरेको देख्यो भने
उसको आयु बढ्छ रे
सोचेँ
मैले पनि आज मेरो आयु
एक करोड बर्ष बढाएँ ।
असारको
खेतीपाती गर्ने समयमा
मैले पनि जानीनजानी
मेरो आयु बढाउने
जीवनको खेती
गर्न पुगेछु ।
Love_You_Jindagi