Monday, April 11, 2022

गरिबको रहर

 कहिले फुल बनाएर कहिले पथ्थर बनाएर ,

जिवन जिउनुपर्छ भिरलाइ समथर बनाएर ।

 ...

गरिब बनायाै केहि गुनासो छैन  बिधाता ,

धोका दियाै गरिबको पनि रहर बनाएर ।

 ...

उनले छोडेकै दिन  मैले बल्ल थाहा पाएँ ,

कहाँ हुदो रहेछ, बालुबामा घर बनाएर ।

 ...

बाँच्ने रहर भएर बाचेको  हैन ,त्यो गरिब ,

पसलेले बेच्दैछ महङ्गोमा,जहर बनाएर ।

..........................................................

No comments:

भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...