Sunday, April 10, 2022

ढिलो प्यार

 ढिलै भएपनि भर्खर भर्खर , प्यार बसेको छ ,

लाग्दैछ  जिन्दगी जिउन , हतियार बसेको छ ।

...

पासपोर्ट बनाउनै भनेर हाकिमलाइ ,घुस दिएको हुँ ,

हुन त मेरै घरको अगाडी ,अख्तियार बसेको छ ।

...

हुन्छ हुन्छ भनेर बारबार झुक्यायो ,झुक्किइरहे म पनि ,

खराब मान्छेको संगत गर्ने बानि, बार बार बसेको छ ।

...

उ त्यो गरिबको कहानी, कसैले सुन्नै मानेन 

पत्रकार हुँ भन्दै छोरो , बेरोजगार बसेको छ ।।

.................................................................



No comments:

भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...