Thursday, March 31, 2022

बाढी पहिरो अनि जीन्दगी

 कहिले कर्णाली आइदिन्छ, कहिले भेरी आइदिन्छ, 

नआइजा भनेपनि उ त नटेरी नटेरी आइदिन्छ ,

...

लाै एकसाल बित्यो , भनेर के ढुक्क हुनु खै , 

जीन्दगीमा बाढी पहिरो , फेरी-फेरी आइदिन्छ ।

.....................................................................


Tuesday, March 29, 2022

पैशाप्रति माया

निस्टुरीको छाँया रैछ ,बल्ल बुझेँ आज  ।

नजर दाँया बाँया रैछ ,बल्ल बुझेँ आज।

...

तिमीबाहेक लिनु दिनु , केही छैन भन्ने संग ,

पैशाप्रति माया रैछ ,बल्ल बुझेँ आज ।

.......................................................


 

Monday, March 28, 2022

बादरजस्तै मायालु

जस्तो बनाएपनि घर , कामै लाग्दैन ,

गाउँ घुमाउ वा लैजाउ सहर , कामै लाग्दैन ,

...

उस्ले धोका दिएपछि , मैले बल्ल थाहा पाएँ,

बादरलाइ हिरा देउ या पथ्थर, कामै लाग्दैन ।

.............................................................


Saturday, March 26, 2022

नेपालको न्याय

 ठाडो खुट्टा पारी पारी , टिभी हेर्दै छ ,

मुसार्दै उस्ले आफ्ना दारी , टिभी हेर्दै छ ,

...

बलत्कारको आरोपमा , जेल गयो अर्कै मान्छे ,

घरमा बसी बलात्कारी , टिभी हेर्दै छ ।

.........................................................


Friday, March 25, 2022

उनको रोजाइ

पिएपनि एउटै जहर , असर फरक रोज्याै तिम्ले,

रूपैँयालाइ चिनेपछि,रहर फरक रोज्याै तिम्ले ,

...

मेरो माया लत्याएर ,छिमेकी संग कस्याै गाठो ,

परे पनि एउटै आँगन , घर फरक रोज्याै तिम्ले ।

................................................................


Thursday, March 24, 2022

खरानीको ब्यापार

आफुबाट भएको हानी , किन्ने भए आउनु  ,

तिम्रै प्रसाद हो है सानी , किन्ने भए आउनु ,

...

प्रेमले मुटु जलाएपछी , ब्यापारी पो भएको छु ,

बेच्ने गरेको छु खरानी , किन्ने भए आउनु ।

............................................................


Wednesday, March 23, 2022

गधा अनि खुसी

सफल हुदा मारेको बुर्कुसी , कहिल्यै देखीन ,

दुध पिएको घुडो चुसी , कहिल्यै देखीन ,

...

परिश्रमको फल मिठो , भन्नेलाइ प्रश्न छ ,

किन मैले गधा खुसी ,कहिल्यै देखीन ?

.....................................................


Tuesday, March 22, 2022

के हेर्नु ?

जिउदो शरिर मारेर मन, हेर्नु छैन मलाइ ,

झिकीदेउ मेरा नयन , हेर्नु छैन मलाइ ,

...

मेरी भइनाै भन्दा पनि , चित्त बुझ्थ्यो मेरो ,

तिमी भएको अर्काको झन, हेर्नु छैन मलाइ ।

.............................................................


Monday, March 21, 2022

बाबा

 रित्तिन्छु कि म नभनी , खन्याइ रह्यो पानी ,

आफ्नो भागमा नराखेर पनि ,खन्याइ रह्यो पानी ,

...

खाली भएको लोहोटोलाइ ,  देख्न नसकेर ,

बनेर गाग्री सधै  धनि,खन्याइ रह्यो पानी ।

.........................................................



Sunday, March 20, 2022

जबानीको जोश

  प्रस्ताब आयो उनिबाट, सघाइदिए मैले पनि ,

जबानीको तातो जोश, बगाइदिए मैले पनि ,

...

अब हामी एक हुने , प्रस्ताब राखिन् प्रेमिकाले ,

जे जे परोस् लाै जा भनी ,भगाइदिए मैले पनि ।

................................................................


Saturday, March 19, 2022

कस्ले जित्यो

 बल र बिध्या मध्ये दुइमा कस्लो जित्यो भन ?

चड्छु अब तिम्रै बुइमा, कस्ले जित्यो भन ,

...

लात्ती हान्न आएका थियाै, खुट्टा समातिदिएँ

पहिला लड्याै तिमी भुइँमा, कस्ले जित्यो भन ?

................................................................


Friday, March 18, 2022

आजकलको माया

मुखले हैन ब्याबहारले , लाटी भनिदियो ,

तँ भन्दा म कतिकति , माथी भनिदियो ,

...

मेरो घरमा उसलाइ मैले ,प्रेमी भनि चिनाइदिएँ

उसको घरमा मलाइ भने , साथी भनिदियो ।

..............................................................


Thursday, March 17, 2022

माझी दाइ

जाडो गर्मी केहि नभनि , मान्छे बोकेको छ ,

थोरै कमाएपनि खुसी बनि , मान्छे बोकेको छ ,

...

यात्रु बनि आएकाहरू , कहाँ कहाँ पुगिसके ,

माझि दाइले अझै पनि, मान्छे बोकेको छ ।

.............................................................


Wednesday, March 16, 2022

साथी अनि पैशा 'मुक्तक'

समय मिलाइ अबेलामा , फिर्ता माग्यो आज ,

पारी मलाइ झमेलामा , फिर्ता माग्यो आज ,

...

हुदा खेरी दिनु भनि , रिन  दिएको साथीले नै ,

म थला परेको  बेलामा , फिर्ता माग्यो आज ।

..............................................................


Tuesday, March 15, 2022

मेरी आमा

 

घर छाडे पछि हरपल , आमाको याद आउँछ

लड्दा जीवन पार्न सफल , आमाको याद आउँछ ।

..

छैन खुबी दुरदर्शी , जानेको छु अघि बड्न ,

दर्शन गर्न पुग्छु खाडल , आमाको याद आउँछु ।

..

मुटुबाट जब रगत , नशातिर छचल्किन्छ ,

झस्किन्छु म हुन्छु चञ्चल , आमाको याद आउँछ ।

..

थर्काइ थर्काइ खाएको त , अहिले बल्ल निस्केको छ ,

कुक्कर भित्र हाल्दा चामल , आमाको याद आउँछ ।

..

अनेकाै ति  कष्टहरू , थिचोमिचो पारेर नि ,

बनाकी छाै छोरो असल ,  आमाको याद आउँछ ।

…………………………………………………………….

Monday, March 14, 2022

कलियुग

 

बैगुनीलाइ मित्र बनाइ , ढाक्नुपर्छ अचेल ,

छैन गल्ती सरी भन्न , डाक्नुपर्छ अचेल ।

..

नगरि काम इश्वरको नाम , जप्दै हिड्नेहरूलाइ

देबी अनि देउराली , भाक्नपर्छ अचेल ।

..

आफ्नै शुरमा एकलाैटी , अघि बढाै भनेपनि ,

शुरूवातमै अर्काको मुख , ताक्नुपर्छ अचेल ।

..

खिल्ली उड्ला सत्यताको , रोकिन्नन् ति मेरा पाइला,

शरिर दाउमा राखी जीवन , हाक्नुपर्छ अचेल ।

..

किन बन्नु इमान्दारी , भन्दै हिड्छन् कर्मचारी ,

घरमै बसी पुरै तलब , पाक्नुपर्छ अचेल ।

..

सहनेनि सिमा हुन्छ , अति हैन अत्याचार भो ,

बेइमानीलाइ भेडीखोरमा , जाक्नुपर्छ अचेल ।

…………………………………………………………..

Sunday, March 13, 2022

किन माया बस्यो प्रिय ?

 

नजरका ति बाणहरूले , हान्याै र पो माया बस्यो ,

सुख दुख साट्ने थलो , ठान्याै र पो माया बस्यो ।

..

हतारीएको जबानीमा  , अनेकाै ति उतार चढाब ,

बिरक्त यो मनलाइ , धान्याै र पो माया बस्यो ।

..

तलाउमा  प्रतिबिम्ब , कस्तो हुन्छ भन्ने कुरा ,

आँफै गइ हेरेपछि , जान्याै र पो माया बस्यो ।

..

हुन हुन्न जिद्दी बढी , भन्ने कुरा सिकाउँदा ,

जीन्दगीमा पहिलोपल्ट मान्याै र पो माया बस्यो ।

..

हजाराैको भिडमा पनि , सफल भयाै छुट्याउन ,

गम्भिर  मुहार भाको अनुप , छान्याै र पो माया बस्यो ।

……………………………………………………………………………

Saturday, March 12, 2022

भोगेको जीन्दगी

दबदबे हिलोमा पस्नु , रहर भयो मलाइ ,

पछि सोचे आफ्नो बाचा , जहर भयो मलाइ ।

..

ब्यस्त मुहार पुस्तिकामा , फुर्सद छैन यताउता ,

काठमाडाैको बन्द कोठा , सहर भयो मलाइ ।

..

सुर्य अस्त भएपछि , चन्द्रोदय हुन्छ भन्ने ,

हजाराै ति ठक्करपछि , ठहर भयो मलाइ ।

..

बाध्य भएँ छटपटाउन , चुकेछुकि निशानामा ?

गाउबस्तीको कोलाहल , पहर भयो मलाइ ।

..

निस्याम्म त्यो अध्यारोमा , जुनकिरीको बहादुरीले ,

रित्तो गाग्री देख्दापनी , नहर भयो मलाइ ।

…………………………………………………………………………


Friday, March 11, 2022

प्रयास जारी छ मित्र ।

 

विहान सुर्यको लालीले चादीझै टल्किएको हिमालको चुचुरोलाइ चुम्न नपाउँदै गन्तव्यमा आफ्ना पाइला मोडेको म एकलयात्री गोधुली लाग्दा पनि हराइरहेछु । थाहा छैन मलाइ समयले धोका दियो कि मैले नै आफै समयलाइ धोका दिइरहेको छु । चन्द्रमाको मधुर तर शालीन प्रकाशमा म आफ्नो कदम अगाडी बढाउदै छु , मात्र गन्तव्यको खोजीमा , मात्र तिम्रै खोजीमा । पत्तो छैन तिमी कति टाढा छाैा्ै तर लाग्छ एक न एक दिन म तिम्रो दर्शन गर्न तिमीसामू आउनेछू ,पक्का आउनेछु मित्र पक्का ।

जीन्दगीले चोटै चोट , गनी-गनी दियो हजुर ,

जता पाइला उतै खोट , गनी-गनी दियो हजुर ।

उम्लिएको खरो रगत , छल्किदैछ नशा-नशा

अझै अघि वढ्ने अठोट , गनी-गनी दियो हजुर ।


© Copyright (2020-Present) Sapkota Anup. All Rights Reserved.


भलो हुदैन

 

कसैको लागी कोहि ,मरेर भलो हुदैन ,
बाझो जमिनमा बिउ , छरेर भलो हुदैन ,
...
काध माग्न आएको, मान्छेले गर्धन समात्यो,
कलियुगमा  सहयोग गरेर भलो हुदैन ।
......................................................



भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...