Monday, October 18, 2021

पन्ध्र मुक्तक शृङ्खला (भाग-१)

 १.

फुल पनि अइलिएर , झर्छ कुनै दिन
मैहु भन्ने मान्छेपनि , मर्छ कुनै दिन
...
काले भनि साह्रै हेला ,नगर न सानू
यै कालेले चोखो माया गर्छ कुनै दिन
..................................................

२.

 कसैसंग मागेसी भिख, भागीहाल्दा रैछन् ,

सोझालाइ हान्दै किक,भागीहाल्दा रैछन् ,

...

यसकारण तिमी पनि ,टाढा बस प्रिय मान्छे ,

जो आउँछ मेरो नजिक, भागीहाल्दा रैछन् ।

.............................................................

३.

 

कसैको लागी कोहि ,मरेर भलो हुदैन ,
बाझो जमिनमा बिउ , छरेर भलो हुदैन ,
...
काध माग्न आएको, मान्छेले गर्धन समात्यो,
कलियुगमा  सहयोग गरेर भलो हुदैन ।
......................................................

४.

समय मिलाइ अबेलामा , फिर्ता माग्यो आज ,

पारी मलाइ झमेलामा , फिर्ता माग्यो आज ,

...

हुदा खेरी दिनु भनि , रिन  दिएको साथीले नै ,

म थला परेको  बेलामा , फिर्ता माग्यो आज ।

..............................................................

५.

जाडो गर्मी केहि नभनि , मान्छे बोकेको छ ,

थोरै कमाएपनि खुसी बनि , मान्छे बोकेको छ ,

...

यात्रु बनि आएकाहरू , कहाँ कहाँ पुगिसके ,

माझि दाइले अझै पनि, मान्छे बोकेको छ ।

.............................................................


६.

मुखले हैन ब्याबहारले , लाटी भनिदियो ,

तँ भन्दा म कतिकति , माथी भनिदियो ,

...

मेरो घरमा उसलाइ मैले ,प्रेमी भनि चिनाइदिएँ

उसको घरमा मलाइ भने , साथी भनिदियो ।

..............................................................

७.

 बल र बिध्या मध्ये दुइमा कस्लो जित्यो भन ?

चड्छु अब तिम्रै बुइमा, कस्ले जित्यो भन ,

...

लात्ती हान्न आएका थियाै, खुट्टा समातिदिएँ

पहिला लड्याै तिमी भुइँमा, कस्ले जित्यो भन ?

................................................................

८.

 रित्तिन्छु कि म नभनी , खन्याइ रह्यो पानी ,

आफ्नो भागमा नराखेर पनि ,खन्याइ रह्यो पानी ,

...

खाली भएको लोहोटोलाइ ,  देख्न नसकेर ,

बनेर गाग्री सधै  धनि,खन्याइ रह्यो पानी ।

.........................................................



९.  
प्रस्ताब आयो उनिबाट, सघाइदिए मैले पनि ,

जबानीको तातो जोश, बगाइदिए मैले पनि ,

...

अब हामी एक हुने , प्रस्ताब राखिन् प्रेमिकाले ,

जे जे परोस् लाै जा भनी ,भगाइदिए मैले पनि ।

................................................................



१०. 

जिउदो शरिर मारेर मन, हेर्नु छैन मलाइ ,

झिकीदेउ मेरा नयन , हेर्नु छैन मलाइ ,

...

मेरी भइनाै भन्दा पनि , चित्त बुझ्थ्यो मेरो ,

तिमी भएको अर्काको झन, हेर्नु छैन मलाइ ।

.............................................................

११.

सफल हुदा मारेको बुर्कुसी , कहिल्यै देखीन ,

दुध पिएको घुडो चुसी , कहिल्यै देखीन ,

...

परिश्रमको फल मिठो , भन्नेलाइ प्रश्न छ ,

किन मैले गधा खुसी ,कहिल्यै देखीन ?

.....................................................


१२.

आफुबाट भएको हानी , किन्ने भए आउनु  ,

तिम्रै प्रसाद हो है सानी , किन्ने भए आउनु ,

...

प्रेमले मुटु जलाएपछी , ब्यापारी पो भएको छु ,

बेच्ने गरेको छु खरानी , किन्ने भए आउनु ।

............................................................


१३.

पिएपनि एउटै जहर , असर फरक रोज्याै तिम्ले,

रूपैँयालाइ चिनेपछि,रहर फरक रोज्याै तिम्ले ,

...

मेरो माया लत्याएर ,छिमेकी संग कस्याै गाठो ,

परे पनि एउटै आँगन , घर फरक रोज्याै तिम्ले ।

................................................................


१४.

 ठाडो खुट्टा पारी पारी , टिभी हेर्दै छ ,

मुसार्दै उस्ले आफ्ना दारी , टिभी हेर्दै छ ,

...

बलत्कारको आरोपमा , जेल गयो अर्कै मान्छे ,

घरमा बसी बलात्कारी , टिभी हेर्दै छ ।

.........................................................


१५.

जस्तो बनाएपनि घर , कामै लाग्दैन ,

गाउँ घुमाउ वा लैजाउ सहर , कामै लाग्दैन ,

...

उस्ले धोका दिएपछि , मैले बल्ल थाहा पाएँ,

बादरलाइ हिरा देउ या पथ्थर, कामै लाग्दैन ।

.............................................................



भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...