Wednesday, March 31, 2021

जीन्दगी कटेको छ यसरी पनि

 




उस्तै देखिन्थ्यो अनुहार,पछि पनि अघि पनि 

उ गरिब थियो गरिबी मै गयो जीन्दगीपनि ।

...

माया दिन्छु भन्नेले ,सबथोक लुटेर गयो ,

कसरी कसरी गर्छन् यार ,अचेल ठगी पनि ।

...

उनि आउछिन् भनेर बसेको थिए,आइनन् ,

अर्कैले छोरो पाइसकेछ बिहे गरेर,लगी पनि ।

...

महङ्गो सहरमा बसेर पढेपनि ,जागिर पाइएन ,

सबै सम्पती राखेर सकियो ,बन्दगी पनि ।।

............................................................

भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...