हो अामा उ नालायक नै थियो ।
भनिन्छ नि पानी जहिलेपनि माथिवाट तल मात्र
बगिरहन्छ ।जिन्दगीमा अङ्कगणितको जोडघटाउको हिसाव गर्दागर्दै यत्रो लाठे तन्नेरी
हुदा पनि मैले यो कुरा कहिल्यै सोचिन,कि त्यो पानी किन तलमात्र वगिरहन्छ,तपाइको
माया सधै बगिरह्यो अामा,
विना कुनेै अाशा अनि हिचकिचाहटसहित।एकाएक जब म सुत्न खोजे मलाइ निन्द्रा लागेन
अामा, पटक्क लागेन ,त्यहि कारणले एउटा पत्र कोर्न मन
लाग्यो ,तपाइको चेलाले जस्तो लेख्छ स्विकार्नुहोस्।जिन्दगीको दाैडानमा एक दिन
निन्द्रा नलाग्दा फलामको जस्तो मुटु भएको म त यस्तो भावुक हुन पुगे भने जिन्दगीमा
अारामसंग सुतेको दिन तपाइको विरलै होला ,अझ भनाैकि यदि तपाइले पनि मैले जसरी
पत्र कोर्नुभएको भए त्यो किताव कत्रो हुन्थ्योहोला म सोच्न पनि सक्दिन अामा। अामा,हो
अामा तिमी साच्ची अामा नै हाै अनि ममताको खानी पनि हाै।
जब मान्छे जिन्दगीमा केहि अफ्ट्यारोमा पर्छ
अामा सम्झिन्छ,हो अामा सुखको बेला कहिल्यै सम्झिदैन, यस्ले
प्रस्ट हुन्छकि मान्छे कति स्वार्थी छ यो संसारमा भनेर ।
तपाइले जसोतसो गरि निमेक गरेर किनिदिएको एउटा
सुन्दर किताबका पन्ना हरू भरिदै थिए,एकचोटी कितावको प्रथम प्रिस्ट वाट फेरि
अाज पल्टाउन मन लाग्यो ।कतैतिर रङ्गिचङ्गी कतैकतै घनघोर कहालीलाग्दा जङ्गलहरूको
देखिने तस्विरहरू ।त्यत्तिकैमा केहि पान्ना पल्टाउदै के गएको थिए,हो
त्यहि पन्नामा मेरो मन गयो,जुन अलिकती धमिलो अनि अलि नबुझिनेखालको
पन्ना जस्तो देखिन्थ्यो ।हेर्दाखेरी तस्विरजस्तो लाग्ने त्यो पन्ना कुन महान
चित्रकारले बनायो होला,देख्नपाए सोध्न हुन्थ्यो ।लाग्छ मोनालिसाको
चित्र बनाउदा बनाउदै अल्छि लागेर भिन्चीले बनाएकि जस्तो ।अझ फेरि तस्विर हेर्छु
अचम्म लाग्छ ।कतै सफा जस्तो देखिने कतै अप्रस्ट जस्तो देखिन यस्तो अद्भुत चित्र
कस्ले बनायो होला।एउटा बुढो पातलो,दारीकपाल सबै फुलेको मान्छे महलजस्तो
देखिने घरको अगाडी बसेर के सोचिरहेको होला ? प्रश्न वडो
गम्भिर थियो ,उत्तर सोध्न मन थियो तर उत्तर सोध्ने मेरो
अाैकात थिएन ।त्यो घरको दायापट्टीको कुनामा एउटा बुढीले अाफ्नो उमेरले धान्नेभन्दा
बढी गह्राैजस्तो लाग्ने भारी बोकेको जस्तो देखिन्थ्यो ,सायद त्यो
भारीभित्र उसले जिन्दगीभरी बोकेका सपनाहरू थिए होलान जस्ले बुढो त्यो उमेर
हुदासम्म बिसाउने सुन्दर चाैपारीनै पाएनन् ।साच्ची त्यो दृस्य एक कहालीलाग्दो
देखिन्थ्यो अनि असाध्यै रिङ्गटालाग्ने जस्तो पनि,फोटो देख्दा
यस्तो लाग्थो डाको छोडेर रोइदिउजस्तो ।यत्तिकैमा मेरो मनमा ह्वात्त एउटा प्रश्न
अाइरह्यो ,सायद त्यो घरमा के बुढाबुढिहरू मात्रै बस्लान,के तिनिहरूको
काेही हेरचाह गर्ने सन्तान हरू नै छैनन् ।मन मानेन ,मानोस् पनि कसरी,हुनत
ढुङ्गाको मन भएको मान्छे म ,त्यस्तो जाबो सानो तस्विर देख्दा पनि
के भाबुक हुन पुगेछु खै कुन्नी ,फेरी अात्मग्लानी भयो ।मनले सोच्यो
धिक्कार छ तलाइ ,यस्तो फोटो देख्दादेख्दै केहि बोल्न सकेनस् ।
हुन त पथ्थरको दिल भएको मान्छे खै कसरि अगाडीको
पन्ना पल्टाउन पुगेछु ,त्यहा तिन जोडी गाइहरू पुरै टारीको खेत
चाहारिरहेको देखिन्थ्यो ।सुनसान खेतमा अाकलझुकल चिया,खाजा अनि तातो
चिसो पानि चाहियो भनेमात्र ति सातहल गाइहरू हरू एकअापसमा जम्मा हुन्थे ।अचम्म
लाग्यो अनि फेरि प्रश्न उठ्यो कि ति तिनहल गाइहरू सधै त्यसरीनै टारीखेतमा
चरिरहन्छन् कि साझ परेपछि घर तिर पनि फर्किन्छन् होला, म अलि चर्को
कराएँ ,मेरो अावाज अायो उत्तर अाएन । सायद त्यो उत्तर सून्ने मेरो हैसियतनै
थिएन होला।फेरी मन अगाडीको पन्ना तिर गयो ,तस्विर अाश्चर्यजनक थियो, देख्दा
पनि भयङ्कर डरलाग्दो ।तस्विरको दाहिनेतिरको कुनामा एउटा साढे बाधिरहेको थियो ,लाग्थ्यो
भोलीबाट नै साढेलाइ खेत जोत्न लगिदै छ,र सोचिदैछ उस्ले टन्न बालिनालीहरू
भन्डार गर्नेछ ।अनि बायातिर हेर्छु त झन् अात्तीनेखालको तस्विरजस्तो लाग्ने अर्को
अाकृति देखिन्थ्यो ,हेर्दा अाधा मान्छेजस्तो अाधा अरू केहि जस्तो
देखिने मान्छे देखिन्थ्यो ।
यत्ति प्रश्नको बिचमा रूमल्लिरहदा छोरीको अावाज
अयो र भन्यो बाबा एेना हेरेर किन बर्बराइरहेको ?
© Copyright (2020-Present) Sapkota Anup. All Rights Reserved.