Saturday, April 23, 2022

धन्यबाद

धन्यबाद मेरो मन छियाछिया बनाउनुभयो ,

गुलाबको बदलामा तपाँइ, हसिया बनाउनुभयो ।

...

मैले हजुरलाइ साथी बनाए ,गल्ती गरेछु ,

बधाइ छ तपाइले साथीचाँही, रूपिँया बनाउनुभयो ।

...

पसल चलेन भन्नुहुन्छ ,किन होला सोच्नुभएन ,

भट्टी पसल अगाडी बसेर चिया बनाउनुभयो ।

...

बा आमा बुढा हुनुभयो , छोराले गाउँ छाडे ,

दुखगरी किनेको खेत अधिँया बनाउनुभयो ।

................................................................


No comments:

भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...