Wednesday, April 20, 2022

कहानी

आउनुस् सुन्नुहोस् ,ढुङ्गाको कहानी,

मास्टर पढेर बेरोजगार ,लफुङ्गाको कहानी ।

...

सबै आउछन् ,छातीमै कुल्चिएर जान्छन्,

आमाजस्तै सहनसिल , डुङ्गाको कहानी ।

...

राम्रो भएन मात्र सुनियो, किन भनेर सोधेनन् ,

अनुहार भरि भरिएको ,जुङ्गाको कहानी ।

...

सबै राम्रा बस्तुहरू धेरै समय टिक्ने रहेनछन् ,

अल्पायुमै चुडिनुपर्ने फुलको थुङ्गाको ,कहानी ।

..................................................................

 

No comments:

भिडैभिडमा समयको खोजी

हजाराै मान्छेहरू  लाखाैलाख चोटी  दाैडिरहेका छन् । कोही  बाआमा भेट्न कोही प्रेमिका  कोही गन्तब्य त कोही घाट । बिहान सुर्यको लालीले, सगरमाथाको...