१.
निस्टुरीको छाँया रैछ ,बल्ल बुझेँ आज ।
नजर दाँया बाँया रैछ ,बल्ल बुझेँ आज।
...
तिमीबाहेक लिनु दिनु , केही छैन भन्ने संग ,
पैशाप्रति माया रैछ ,बल्ल बुझेँ आज ।
.......................................................
२.
कहिले कर्णाली आइदिन्छ, कहिले भेरी आइदिन्छ,
नआइजा भनेपनि उ त नटेरी नटेरी आइदिन्छ ,
...
लाै एकसाल बित्यो , भनेर के ढुक्क हुनु खै ,
जीन्दगीमा बाढी पहिरो , फेरी-फेरी आइदिन्छ ।
.....................................................................
३.
त्यही दिनबाट यो मनमा ,दखल परेको छैन ,
र जीन्दगीमा अहिलेसम्म ,हलचल परेको छैन ।
...
हेर्छु, मलाइ कसरी , बिर्सिन्छस् भन्दै गइथ्याै प्रिय ,
तिम्रो विषयमा अझैसम्म ,छलफल परेको छैन ।।
४.
थोरै खुसी थोरै थोरै , पिर छ मेरो पनि ,
ढुङ्गा खोज्दा देउता पाउने , तक्दिर छ मेरो पनि ।
...
अचेल ब्यस्त छु भन्दा , पत्याउँदिनन् मायालुले ,
खाने ,बस्ने, सुत्ने ,उठ्ने ,जागीर छ मेरो पनि ।
५.
आफैलाइ आफैसंग बैमानी बनाइदियो,
उसको संगतले पिउने ,बानी बनाइदियो ।
....
महोदय ,शत्रुखोज्न बाहिर ,जानु पर्ने रहेनछ ,
साथीले आज जीन्दगी , खरानी बनाइदियो ।
..................................................................
६.
अब कसैलाइ दुख , दिन्न भनेर गएथ्यो ,
यस्तो जिन्दगी बाच्न , सकिन्न भनेर गएथ्यो ।
...
खल्ती हेरेपछि मात्र ,बिचैबाट फर्किएको हो ,
जान त उ जहर , किन्न भनेर गएथ्यो ।।
७.
हुन त एउटा जान्छ ,अर्को आउछ,
खुसी भएकै बेलामा साथीको , लर्को आउछ ,
...
बाध्यताले मात्रै सहर , बसेको हुँ महोदय ,
याद त बुढि आमाको अनि घरको आउछ ।
...........................................................
८.
लड्छ जब सहि हिन्छ ,त्यहि बेला किन
र आफन्तले दुख दिन्छ ,त्यहि बेला किन ?
...
बाढीले आगन लग्यो ,हुरिले चाँही छानो ,
घरमा पहिरो आइदिन्छ ,त्यहि बेला किन ?
...........................................................
९.
फेरी उहि झुपडी अर्को ,बर्षातमा परेको छ ,
र कसैको जीन्दगी झरेको, पातमा परेको छ ,
...
छोरा बेरोजगार भएको खबर, गाउँमा पुर्याइदिएछन्,
साहुको तम्सुक बिधवा आमाको ,हातमा परेको छ ।
........................................................................
१०.
सोझो मान्छेको सातो लिएछन् , छक्क परियो ,
जिन्दगीमाथी चुनाैती दिएछन् , छक्क परियो ,
...
प्रेमिका भेट्न गएको साथी ,बिहे गरि फर्कियो रे ,
घरकाले रङ्गेहात पक्रिएछन् , छक्क परियो ।
..................................................................
११.
बसिबसी मिठो मिठो ,रोज्छे हिजो आएकीले ,
कठोर रैछे काढाले झै ,घोच्छे हिजो आएकीले ,
...
बर्साै सम्म हल्ली हिड्दा बाउआमाले केहि भनेनन् ,
दिनै पिच्छै किन हो निहु खोज्छे हिजो आएकीले ।
...................................................................
१२.
गर्छाै भने पुरा जतन, तिमीलाइनै दिन्छु क्यारे,
मुना संग मिल्ने मदन, तिमीलाइनै दिन्छु क्यारे,
...
माया गर्छु भन्ने मान्छे कति आए, कति गए ,
सम्हाल्छु भन्छाै भने यो मन , तिमीलाइनै दिन्छु क्यारे ।
.........................................................................
१३.
हुन सक्छ यस्तो हार ,सोचेकै थिएन ,
काडामाथी गर्नुपर्छ सबार,सोचेकै थिएन ,
...
राम्रो साथी पाएँ भन्ने लागेको थियो आजसम्म,
तिमीले नै गरिदिन्छाै प्रहार , सोचेकै थिएन ।
...............................................................
१४.
टाउको दुखेको छ ,पेट खाएको छ ,
सधैझै आज पनि तिम्रो याद आएको छ ,
...
समय संगै चल्न, खोजिरहेछ तिम्रो छोरो ,
आमा तिम्रो मायाले, निकै सताएको छ ।
..........................................................
१५.
हलो बेचेर ,जुवा बेचेर ,
किसान धनी भएन ,अदुवा बेचेर
...
उ कस्तो ब्यापारी भएछ यार ,
पथ्थर किन्दैछ, बालुवा बेचेर ।
.........................................
© Copyright (2020-Present) Sapkota Anup. All Rights Reserved.
No comments:
Post a Comment